शिक्षामा सुधार ल्याउन छात्रालाई साइकल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शिक्षामा सुधार ल्याउन छात्रालाई साइकल


७ चैत्र २०७८, सोमबार


राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकाले शिक्षामा सुधार ल्याउन माध्यमिक तहमा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको छ ।

कक्षा ११ र १२ मा अध्ययनरत छात्रालाई साइकल वितरण अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । उनका अनुसार, राप्ती सोनारीमा यस वर्ष एक हजार १७ छात्रालाई साइकल वितरण गर्ने योजना छ ।

‘यस वर्षबाट छात्रालाई साइकल वितरण गरेर यो कामको सुरुवात गरेका छौँ, आगामी वर्षबाट छात्रले पनि पाउनु हुनेछ’, उनले भने । गाउँपालिकाले आइतबार वडा नं. ९ स्थित गणेश माध्यमिक विद्यालयका ७८ छात्रालाई साइकल हस्तान्तरण गरेको छ ।

विद्यालयका कुल ९७ जना छात्रालाई साइकल वितरण गर्ने योजना रहेको गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस