आइसिसी क्रिकेट विश्वकप लिग टु : युएई विरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

आइसिसी क्रिकेट विश्वकप लिग टु : युएई विरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल


७ चैत्र २०७८, सोमबार


काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग टुमा युएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे भर्खरै सुरु भएको छ ।

नेपाली टोलीमा आज तीन परिवर्तन गरिएको छ । आसिफ शेख, कमल सिंह ऐरी र सागर ढकालको स्थानमा विनोद भण्डारी, विक्रम बोस र पवन सर्राफलाई टिममा राखिएको छ ।

पछिल्ला खेलमा पराजित दुवै टोली आज जित हात पार्ने लक्ष्यमा छ । नेपाल पछिल्लो खेलमा युएईसँग नै पराजित भएको थियो भने त्यसपछि युएई पपुवा न्यु गिनीसँग पराजित भएको थियो । नेपालले पहिलो खेलमा पपुवा न्यु गिनीलाई हराएको थियो ।

अघिल्लो खेलमा ब्याटिङमा कमजोर देखिएको नेपालका लागि युएईविरुद्ध ब्याटिङमा सुधार गर्नुपर्ने देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस