विष्णु पौडेलसहित एमालेका चार नेता बेइजिङ प्रस्थान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विष्णु पौडेलसहित एमालेका चार नेता बेइजिङ प्रस्थान


७ चैत्र २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता आज चीनको बेइजिङ प्रस्थान गरेका छन् ।

आज पौडेलसहित एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य मिनासिंह रखाल चिन गएका हुन् ।

उनीहरूले चिनियाँ विदेश विभागका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए। पौडेलसहित नेताहरू पाँच दिने भ्रमणका लागि बेइजिङ गएका रिजालले बताए।

कोरोनाभाइरस महामारीपछि पहिलो पटक नेपालबाट राजनीतिक दलका नेताहरूको भ्रमण टोली बेइजिङ जान लागेको हो।
यसैबिच चिनियाँ विदेश मन्त्री वाङ यी पनि नेपाल आउने कार्यक्रम छ।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले यसअघि नेपालका राजनीतिक दलहरूसँग भर्चुअल संवाद पनि गर्ने गरेको थियो।

प्रतिनिधिमण्डल चैत १४ गते स्वदेश फर्किने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस