विष्णु पौडेलसहित एमालेका चार नेता आज बेइजिङ जाँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विष्णु पौडेलसहित एमालेका चार नेता आज बेइजिङ जाँदै


७ चैत्र २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता आज चीनको बेइजिङ जाँदै छन्।

आज बिहान ९ बजे पौडेलसहित एमालेका नेताहरू काशीनाथ अधिकारी, पुष्प कँडेल, मिना रखाल चीन जान लागेका छन्।

एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पौडेलसहित नेताहरू चीन जान लागेका हुन्।

उनीहरूले चिनियाँ विदेश विभागका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ। पौडेलसहित नेताहरू पाँच दिने भ्रमणका लागि बेइजिङ जान लागेको रिजालले बताए।

कोरोनाभाइरस महामारीपछि पहिलो पटक नेपालबाट राजनीतिक दलका नेताहरूको भ्रमण टोली बेइजिङ जान लागेको हो।

यसैबिच चिनियाँ विदेश मन्त्री वाङ यी पनि नेपाल आउने कार्यक्रम छ।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले यसअघि नेपालका राजनीतिक दलहरूसँग भर्चुअल संवाद पनि गर्ने गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस