आजको मौसम : एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आजको मौसम : एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना


७ चैत्र २०७८, सोमबार


काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ। मङ्गलवार देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

त्यस्तै बुधवार प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

Tags :
प्रतिक्रिया दिनुहोस