प्रहरीको मृत्युपछि मोरङको लेटाङमा बिहानैदेखि कर्फ्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रहरीको मृत्युपछि मोरङको लेटाङमा बिहानैदेखि कर्फ्यु


७ चैत्र २०७८, सोमबार


काठमाडौँ । स्थानीय बासिन्दा र प्रहरीबिच झडपका क्रममा एक जना महिला प्रहरीको मृत्यु भएपछि मोरङको लेटाङमा आज बिहानैदेखि कर्फ्यु लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले सूचना निकालेर आज बिहान ७ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि कर्फ्यु लगाएको हो।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कर्फ्यु लगाइएको बताए।

दक्षिणमा लेटाङ नगरपालिका ३ र ४, लेटाङ ५ का सबै क्षेत्र, उत्तरमा लेटाङ ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको छ।

फागु पूर्णिमाका दिन शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेको विषयमा विवाद हुँदै जाँदा घटना भएको हो। आक्रोशित स्थानीय र प्रहरीबिच आइतबार भएको झडपमा एक महिला प्रहरीको मृत्यु भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस