अख्तियारद्वारा मेयरविरुद्ध ५ लाखको भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अख्तियारद्वारा मेयरविरुद्ध ५ लाखको भ्रष्टाचार मुद्दा दायर


६ चैत्र २०७८, आइतबार


काठमाडौँ । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी दिने क्रममा ५ लाख घुस लिएको दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारको टोलीले १५ फागुनमा मेयर धर्मेन्द्रप्रसाद पटेल र उनका सहयोगी अशोकप्रसाद पटेललाई दुई लाख रुपैयाँ नगद र दुई लाख रुपैयाँको चेकसहित पक्राउ गरेको थियो ।

अनुसन्धानको सिलसिलामा मेयर र उनका सहयोगीको मिलेमतोमा घुस लिएको पाइएको भन्दै अख्तियारले दुवै जनालाई ५ लाख रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

स्थानीय तहका प्रमुख घुससहित पक्राउ परेको र उनी विरुद्ध मुद्दा चलेको यो पहिलो पटक भएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस