२४ घण्टामा ३७ जनामा सङ्क्रमण, ३८२ जना सङ्क्रमणमुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा ३७ जनामा सङ्क्रमण, ३८२ जना सङ्क्रमणमुक्त


६ चैत्र २०७८, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार पनि कसैको मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २ हजार ७९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जना र १ हजार २६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी ३७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३८२ जना सङ्क्रमणमुक्त भएका छन् भने, कसैको पनि मृत्यु भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस