महोत्तरीमा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढ्यो , दुई हजार बढी प्रहरी भर्ना गरिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महोत्तरीमा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढ्यो , दुई हजार बढी प्रहरी भर्ना गरिने


४ चैत्र २०७८, शुक्रबार


महोत्तरी । महोत्तरीमा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ ।

स्थानीय तह निर्वाचन २०७९ को लागि चैत ६-११ सम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरीका लागि मात्र दुई हजार ७३६ जना म्यादी प्रहरी भर्ना गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।

छनोटका मापदण्डसमेत निर्धारण गरिएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका कुनै पनि नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् ।

विशेष गरी पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने मानव स्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले जनाएको छ ।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।

पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न बापत ७ हजार २००,पोसाक र अन्य खर्च गर्ने गरी ६ हजार, यातायात खर्च बापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

छनोट प्रक्रिया भने १५ चैतबाट प्रारम्भ हुने र नतिजा २२ चैतसम्म प्रकाशन गरिने भर्ना छनोट महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस