मधेस प्रदेशमा आज होली मनाइँदै, जनकपुरधाममा भोलि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मधेस प्रदेशमा आज होली मनाइँदै, जनकपुरधाममा भोलि


४ चैत्र २०७८, शुक्रबार


काठमाडौँ। आज तराई मधेसका जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ । होलीको अवसरमा तराई मधेसका जिल्लामा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

हिजो बिहीबार हिमाली र पहाडी जिल्लामा होली मनाइएको थियो । हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा एक दिनको फरकमा होली मनाउने चलाउने छ । तराई मधेसका जिल्लामा होली अर्थात् फागुलाई ‘होरी’ भन्ने चलन छ ।

मधेसका पर्वते समुदायले हिजो नै पूर्णिमाका दिन होली मनाएका छन् भने मधेस प्रदेशका मूल मधेसी समुदायले पूर्णिमाको भोलिपल्ट अर्थात् फागुन कृष्ण प्रतिपदाको दिन होली मनाउँछन् ।

मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट ‘होली’ मनाउने अर्को परम्परा छ । यसअनुसार हिजो जनकपुरधाम पुगेको परिक्रमा आज अन्तर गृह परिक्रमा गर्ने छ र शनिवार होली मनाइने छ । यसअनुसार यसपालि मधेस प्रदेशमा लगातार तीन दिन होली पर्व मनाइने छ ।

यसैबिच होली पर्वलाई सभ्य र शालीन ढङ्गले मनाउन प्रशासनिक निकाय र सामाजिक सङ्घ संस्थाले आग्रह गरेका छन् । ‘होली’ सत्य र अहिंसाको प्रतीक पर्व भएकाले जबरजस्ती रङ हाल्ने, लोला हान्ने र अरूलाई बाधा पर्ने गरी मादक पदार्थ सेवन गरी होहल्ला गर्ने पक्षलाई निरुत्साहित गर्न पर्ने सबै निकायले आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस