दक्षिणी नाइजेरियामा बन्दुकधारीद्वारा जेलका दुई अधिकारीको हत्या « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दक्षिणी नाइजेरियामा बन्दुकधारीद्वारा जेलका दुई अधिकारीको हत्या


३ चैत्र २०७८, बिहिबार


लागोस । नाइजेरियाको दक्षिणी राज्य इमोमा बुधबार कारागारका दुई अधिकारीलाई गोली हानी हत्या गरिएको एक प्रवक्ताले बताएका छन् ।

दुई अधिकारीहरू राज्यको ओकिग्वे क्षेत्रमा गस्तीमा रहेको अवस्थामा उनीहरूलाई बन्दुकधारीहरूले आक्रमण गरेर हत्या गरेको नाइजेरियन सुधार सेवाका प्रवक्ता गुडलक उबोइगबुलमले राज्यको राजधानी ओवेरीमा पत्रकारहरूलाई बताएका छन् । उनले घटनाको पूर्ण प्रतिवेदन आउन बाँकी रहेको बताएका छन् ।

बुधबार नै नाइजेरियाको नाइजरस्थित नाग्मा प्रहरी चौकीमा आक्रमण गरी कम्तीमा पनि १० जनाको हत्या गरिएको थियो ।

यहाँका प्रहरी अधिकारीले केही व्यक्तिको बन्दुक हमलाबाट कम्तीमा १० जनाको हत्या भएको बताएका थिए । ।

नाइजरीयाका प्रहरी प्रमुख बाला कुरियर्सले सोमबार नाग्मा प्रहरी चौकीमा बन्दुकधारीले गरेको हमलामा परी तीन जना प्रहरी अधिकारी मारिएको बताएका थिए ।

त्यसपछि मंगलबार पनि बन्दुकधारीहरुले सोही चौकीमा हमला गरेका उनले बताए ।

नाइजरको सहर म्याग्मा प्रहरी कार्यालयमा मंगलबार पनि अन्धाधुन्ध गोली प्रहार गरेर थप तीन प्रहरीको हत्या गरेका थिए ।

मंगलबारको गोली प्रहारमा परी चार जना सर्वसाधारण पनि मारिएका छन् । मंगलबार मारिएका चार सर्वसाधारण माग्माका गाउँले रहेका पनि ती प्रहरी प्रमुखले जानकारी दिए ।

सो क्षेत्रमा विगतका केही महिनादेखि बन्दुकधारीहरुले अन्धाधुन्ध गोली हानेर सर्वसाधारण र सुरक्षाकर्मीको ज्यान लिने काम भएको अधिकारीहरुले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस