पन्जाबका मुख्यमन्त्री भगवन्तले लिए शपथ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पन्जाबका मुख्यमन्त्री भगवन्तले लिए शपथ


२ चैत्र २०७८, बुधबार


काठमाडौँ । आम आदमी पार्टीका नेता भगवन्त मानले बुधवार पन्जाबको मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनको शपथ ग्रहण समारोह पन्जाबको नवांशहरस्थित भगत सिंहको जन्मभूमि खटकड कलानमा आयोजना गरिएको छ ।

राज्यपाल बनवारीलाल परोहितले भगवन्त मानलाई पद तथा गोपनीयताको शपथ गराएको भारतीय सञ्‍चारमाध्‍यमले जनाएको छ ।

भगवन्त मानले पन्जाबी भाषामा भगवानको नाममा शपथ लिएका थिए । उनी प्रदेशको १७ औँ मुख्यमन्त्री हुन्, अहिले उनले मात्रै शपथ लिएका हुन् । अन्य मन्त्रीलाई शपथ ग्रहण गराइएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस