भ्रष्टाचार नियन्त्रणमा निजामती कर्मचारी सङ्गठनको प्रतिबद्धता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भ्रष्टाचार नियन्त्रणमा निजामती कर्मचारी सङ्गठनको प्रतिबद्धता


२ चैत्र २०७८, बुधबार


काठमाडौं । नेपाल निजामती कर्मचारी सङ्गठनको ११ औँ महाधिवेशनले भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्धता जनाउने घोषणा गरेको छ ।

सङ्गठनले महाधिवेशनको निर्णय सार्वजनिक गर्दै नागरिक सेवालाई प्रभावकारी बनाउँदै भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्धता जनाउने घोषणा गरेको हो ।

यसैगरी सङ्गठनले निजामती कर्मचारीको स्वरुप श्रेणीगत वा तहगत भन्नेबारे प्रस्ट पार्न सरकारसँग माग गरेको छ ।

बाँकी नौ जिल्लामा राष्ट्रसेवक सहकारी स्थापना गर्ने प्रतिबद्धतासहित अधिवेशनले विभिन्न कार्यभार निर्धारण गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस