रुसद्धारा अमेरिकी राष्ट्रपति बाइडनमाथि प्रतिबन्ध « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

रुसद्धारा अमेरिकी राष्ट्रपति बाइडनमाथि प्रतिबन्ध


२ चैत्र २०७८, बुधबार


काठमाडौँ । रुसले अमेरिकी राष्ट्रपति जो बाइडन, विदेशमन्त्री एन्टोनी ब्लिंकन लगायतमाथि प्रतिबन्ध लगाएको छ । रुसी विदेश मन्त्रालयले प्रतिबन्धबारे जानकारी दिएको हो ।

राष्ट्रपति बाइडन, विदेशमन्त्री ब्लिंकन, रक्षा सचिव लोयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र सीआईए प्रमुख विलियम बन्र्समाथि प्रतिबन्ध लगाइएको रुसी विदेश मन्त्रालयले जनाएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका र पश्चिमी देशहरूले रुसमाथि लगाएका कयौँ प्रतिबन्धका कारण रुसले पनि अमेरिकामाथि प्रतिबन्ध लगाएको बिबिसीले जनाएको छ ।

अमेरिका र पश्चिमा देशहरूले केही रुसी कम्पनीहरूमाथि प्रतिबन्ध लगाएका छन् । अमेरिकाले रुसबाट तेल आयात पनि रोकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस