पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोना सङ्क्रमण, १३० जना निको « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोना सङ्क्रमण, १३० जना निको


१ चैत्र २०७८, मंगलबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (मंगलबार) थप ८३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

७ हजार ८८४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा सङ्क्रमित थपिएका हुन् ।

४ हजार ७३४ जनाको पिसिआर गर्दा ५७ र ३ हजार १५० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै देशभर ४ हजार ७४६ जना सक्रिय सङ्क्रमित छन् ।

१३० जना सङ्क्रमित निको समेत भएका छन् । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।

यस्तै काठमाडौंमा १५ सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १३, ललितपुरमा २ सङ्क्रमित थपिएका छन् । भक्तपुरमा भने सङ्क्रमित भेटिएनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस