संयुक्त राष्ट्रसङ्घको अबको महासचिव महिला हुनुपर्छ: महासभा अध्यक्ष « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

संयुक्त राष्ट्रसङ्घको अबको महासचिव महिला हुनुपर्छ: महासभा अध्यक्ष


१ चैत्र २०७८, मंगलबार


न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घ महासभाका अध्यक्ष अब्दुल्ला शाहिदले संयुक्त राष्ट्रसङ्घको अबको महासचिव महिला हुनुपर्ने धारणा राखेका छन् ।

महासभाको ७६ औ सत्रमा चार जना मात्रै महिला अध्यक्ष निर्वाचित भएका छन् भने महासचिवमा अहिलेसम्म कुनै पनि महिला चयन भएका छैनन् ।

महिलाको स्थितिसम्बन्धी आयोगको ६६औँ अधिवेशनको उद्घाटन गर्दै शाहिदले यसलाई सच्याउन आवश्यक रहेको बताएका हुन् ।

लैङ्गिक समानता र महिला सशक्तीकरणको सवालमा संयुक्त राष्ट्रसङ्घले विश्वभर उत्कृष्ट मापदण्ड लागू गर्न आह्वान गर्दै म व्यक्तिगत रूपमा अर्को महासचिव महिला होस् भन्ने चाहन्छु ।

म व्यक्तिगत रूपमा अर्को महासचिव महिला हुनको लागि आह्वान गर्दै अगाडिबाट नेतृत्व गर्नेछु। उनले भने ।

विगत ७६ वर्षमा संयुक्त राष्ट्रसङ्घका सबै नौ महासचिव पुरुष रहेका छन् । वर्तमान महासचिव एन्टोनियो गुटेर्रेस आफ्नो दोस्रो पाँच वर्षे कार्यकालको पहिलो वर्षमा ।

Tags :
प्रतिक्रिया दिनुहोस