साफ यु–१८ च्याम्पियनसिप : भारतसँग भिड्दै नेपाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

साफ यु–१८ च्याम्पियनसिप : भारतसँग भिड्दै नेपाल


१ चैत्र २०७८, मंगलबार


काठमाडौँ । तेस्रो संस्करणको साफ यु–१८ महिला च्याम्पियनसिप आजदेखि भारतमा सुरु हुँदैछ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ। खेल राति ७ः१५ मा सुरु हुनेछ।

प्रतियोगिताका लागि नेपालले एक महिना तयारी गरेको थियो। बलिया टिमसँग प्रतिस्पर्धा गर्दै नेपाल उपाधि जित्ने लक्ष्यमा छ।

प्रतियोगितामा आयोजक भारत, नेपाल र बङ्गलादेश गरी तीन टिमले भारतको जम्शेदपुरमा भिड्दै छन्।

दोस्रो खेलमा नेपालले मार्च १७ मा बङ्गलादेशको सामना गर्नेछ। यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दा मार्च २३ मा बङ्गलादेशसँग खेल्ने तालिका रहेको छ।

शीर्ष टोलीले उपाधि जित्नेछ। नेपाली टिमको मुख्य प्रशिक्षक दर्शन भक्तराज लावत छन्। टिमको सहायक प्रशिक्षकमा भगवती थापा रहँदा गोलकिपिङ प्रशिक्षकमा श्रीप्रकाश वैद्य रहेका छन्।

सन् २०१८ मा भुटानमा भएको पहिलो प्रतियोगिताको सेमिफाइनलमा भारतलाई हराएको नेपाली टिम फाइनलमा बङ्गलादेशसँग पराजित भएपछि उपाधिबाट वञ्चित भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस