साउदीका विदेशमन्त्रीले आज राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

साउदीका विदेशमन्त्रीले आज राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने


१ चैत्र २०७८, मंगलबार


काठमाडौँ । नेपाल भ्रमणमा रहनु भएका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

साथै आजै परराष्ट्रमन्त्री डा. नारायण खड्काले राजकुमार फैसलसँग भेटवार्ता गर्नेछन् ।

भेटवार्तापछि दुवै देशका परराष्ट्रमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

साउदी अरबका विदेशमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले आज दिवा भोज दिनेछन् । आजै अपराह्न राजकुमार फैसल बिन फहरान अल नेतृत्वको टोली स्वदेश फर्किने जनाइएको छ ।

२३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विदेशमन्त्री फैसल निजी विमान मार्फत सोमबार नेपाल आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस