आँखामा खुर्सानीको धुलो छरेर लुटपाट गर्ने २ जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आँखामा खुर्सानीको धुलो छरेर लुटपाट गर्ने २ जना पक्राउ


३० फाल्गुन २०७८, सोमबार


पक्राउ

काठमाडौँ । आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा दाङ सौडियार घर भई काठमाडौँ शान्तिनगर बस्दै आएका २८ वर्षीय महेश विश्वकर्मा र दाङकै घोराही उपमहानगरपालिका–८ का २४ वर्षीय राजेन्द्र सिन छन् । महेशलाई काठमाडौँबाट र राजेन्द्रलाई दाङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले गत बुधवार राति साढे ८ बजेतिर चाबहिलस्थित ओम शाही टन्च सेन्टर सुन पसलका सञ्चालक ३४ वर्षीय व्यवसायी तथा भारतीय नागरिक अमोल भोस्लेलाई लुटपाट गरेको प्रहरीले जनाएको छ ।

मैनालीकाअनुसार पसल बन्द गरेर १२ लाख रुपैयाँ र ४२ तोला सुन बोकेर घर जाँदै गरेका भोस्लेको आँखामा खुर्सानी छर्केर उनीहरूले लुटपाट गरेका थिए ।

उनीहरूको साथबाट १ लाख ६६ हजार नगद, दुई वटा मोटरसाइकल, २६१ ग्राम सुन र तरबार तथा खुँडालगायतका सामग्रीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप गरी यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस