जाजरकोटमा गर्भवतीको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जाजरकोटमा गर्भवतीको मृत्यु


३० फाल्गुन २०७८, सोमबार


जाजरकोट । शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ ।

सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्याधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए ।

अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल लैजाने क्रममा रावतको बाटोमै मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस