भीम रावलप्रति प्रधानमन्त्री देउवाको आक्रोश « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भीम रावलप्रति प्रधानमन्त्री देउवाको आक्रोश


३० फाल्गुन २०७८, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजनाको विरोध गरेकोमा प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलप्रति आक्रोश व्यक्त गरेका छन् ।

नेता रावलले मन्त्री हुँदा एमसीसीको विरोध नगरेको तर अहिले विरोध गरेको भन्दै देउवा आक्रोशित भएका थिए ।

आज (सोमबार) नुवाकोटको किस्पाङ गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा बोलेका प्रधानमन्त्री देउवाले ओली सरकारले संसदमा पेस गरेको एमसीसी प्रस्ताव आफूहरूले पारित गरेको बताए ।

‘आफू क्याबिनेटमा हुँदा पास गरेर संसदमा ल्याउने। मैले ओलीजीले ल्याएको प्रस्ताव पास गर्न खोज्दा किन टाउको दुखाउने ?,’ प्रधानमन्त्री देउवाले भने, ‘अरूलाई टाउको दुखेको छैन, भीम रावललाई टाउको दुख्यो । उहाँ त्यस बेला मन्त्री हुनुहुन्थ्यो । उस बेला दिमाग खुस्किएको थियो ? थाहा छैन भन्ने ठान्नुहुन्छ यहाँ ?’

ओली सरकारमा रावल रक्षामन्त्री हुँदा त्यो मन्त्रिपरिषदले एमसीसी पारित गरी संसदमा प्रस्ताव ल्याएको देउवाको भनाइ थियो।

‘त्यस बेला किन विरोध गर्नुभएन ? राजीनामा किन दिनु भएन ? , रावललाई प्रश्न गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अहिले आएर बोल्न लाज छैन ? भीम रावल के हेरेर बसे त्यस बेला अहिले विरोध गर्दै छन्।’

Tags :
प्रतिक्रिया दिनुहोस