फ्रान्स र अमेरिकामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

फ्रान्स र अमेरिकामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’


३० फाल्गुन २०७८, सोमबार


काठमाडौँ । फ्रान्स र अमेरिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छ ।

कोभिड -१९ का यसअघिका भेरियन्ट ओमिक्रोन र डेल्टासँग मिल्दोजुल्दो भएको साइप्रसको एक ल्याबमा गरिएको अनुसन्धानबाट पुष्टि भएको अन्तर्राष्ट्रिय समाचार संस्था स्काई न्युजले उल्लेख गरेको छ ।

‘डेल्टाक्रोन’ नाम दिइएको उक्त भेरियन्टले डेल्टा र ओमिक्रोन दुवैको असर देखिने भाइरोलोजिस्टहरूले बताएका छन् ।

गत मार्च ९ मा नेदरल्यान्ड्स र डेनमार्कमा पनि यही भेरियन्ट देखापरेको विश्व स्वास्थ्य सङ्गठनले उल्लेख गरेको थियो ।

हालसम्म दुई अमेरिकी नागरिकमा डेल्टाक्रोन सङ्क्रमण देखिएको र अन्य धेरैमा योसँग मिल्दोजुल्दो लक्षण देखिएको स्काई न्युजले लेखेको छ ।

गत महिना बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए)ले एक जना बेलायती नागरिकमा डेल्टा र ओमिक्रोन दुवैको लक्षण देखिएको बताएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस