‘पिरले’जनयुद्धमा लागेका महिलालाई अपमान गरेको आरोप « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

‘पिरले’जनयुद्धमा लागेका महिलालाई अपमान गरेको आरोप


३० फाल्गुन २०७८, सोमबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट भात्री सङ्गठनले गायक प्रकाश सपुतको ‘पिर’ नामक गीतले जनयुद्धमा लागेका महिलालाई अपमान गरेको आरोप लगाएका छन् ।

अखिल नेपाल महिला सङ्घ, जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्धा सङ्घ, जन सांस्कृतिक महासङ्घ र प्रेस सेन्टरलगायतले विज्ञप्ति जारी गरी गीतको भिडियोमा जनयुद्धमा होमिएका महिला र पुरुष अनैतिक कार्यमा पनि लागेको जस्तो व्यहोरा झल्कने गरी समग्र जनयुद्धप्रति नै अपमान गरेको भन्दै आपत्ति जनाएका हुन् ।

‘नितान्त झुट र भ्रामक कार्य गर्ने उपर तुरुन्त कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ, साथै उक्त म्युजिक भिडियो युट्युब च्यानलबाट तुरुन्त हटाई त्यस्ता निन्दनीय गतिविधि तुरुन्त बन्द गर्न र आम नेपाली जनतासामु सार्वजनिक रुपमा अपराध स्वीकार गरी माफी माग्नसमेत आग्रह गर्दछौँ’–विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस