नेपाली काँग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिमा जङ्गबहादुर विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाली काँग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिमा जङ्गबहादुर विजयी


३० फाल्गुन २०७८, सोमबार


काठमाडौं । नेपाली काँग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिमा जङ्गबहादुर लामा निर्वाचित भएका छन्।

दोस्रो चरणको मतदानबाट लामाले संस्थापन इतरका उम्मेदवार बंसलाल तामाङलाई पराजित गरेका हुन् । जम्मा १७८७ म खसेकोमा विजयी भएका लामाले ९१२ मत ल्याए । उनका प्रतिस्पर्धी तामाङले ८४८ मत पाए ।

लामा पूर्व मन्त्री मोहन बस्नेत निकट हुन् । पराजित तामाङ इन्द्रावती गाउँपालिका अध्यक्षसमेत हुन्।

पहिलो चरणको मतदानमा डा। प्रेम ध्वज लामा तेस्रो स्थानको मत ल्याई निर्वाचनबाट बाहिरिएका थिए। उनी पनि संस्थापन पक्षकै उम्मेदवार थिए ।

सभापतिका तीन उम्मेदवारले पहिलो चरणको मतदानमा ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुनः मतदान भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस