बैंकिङ कसूरमा फरार एक जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बैंकिङ कसूरमा फरार एक जना पक्राउ


२९ फाल्गुन २०७८, आइतबार


पक्राउ

काठमाडौँ । बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् ।

बैंकिङ कसूरमा फरार रहेका रौतहटको गौर नगरपालिका–१ का ३३ वर्षीय अरविन्दकुमार जैसवाललाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

जैसवालले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको थाहा हुँदाहुँदै पीडितलाई चेक दिएर दुस्ख दिएको प्रहरीले जनाएको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्‍यूरोले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले गत मंसिर १४ गते ९ लाख जरिवाना र दुई दिन कैद सजाय हुने फैसला गरेको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदात काठमाडौँमा पेश गरिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस