प्रदेश नं १ को प्रदेश सभामा विधेयकका सम्बन्धमा प्रस्तुत प्रस्ताव पारित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रदेश नं १ को प्रदेश सभामा विधेयकका सम्बन्धमा प्रस्तुत प्रस्ताव पारित


२९ फाल्गुन २०७८, आइतबार


विराटनगर । प्रदेश नं १ को प्रदेश सभाको आजको बैठकमा ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई व्यवस्था गर्न बनेको विधेयक, २०७८ माथि संशोधनसहित दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मत पारित भएको छ । बैठकमा सामाजिक विकास मन्त्री राजन राईले सो प्रस्ताव प्रस्तुत गरेका थिए ।

शून्य समय

प्रदेशसभाको आजको बैठकको शून्य समयमा सदस्य अम्बिका थापाले रातो किताबमा उल्लेखित योजना र बजेटलाई सरकारले निरन्तरता दिनुपर्ने माग गरिन् । सदस्य जसमाया गजमेरले हिंसामा परेका महिला तथा बालबालिकाको उपचारमा खटिने जनशक्तिको अवस्थाका बारेमा सरकार सचेत हुनुपर्ने बताए ।

सदस्य राजकुमार ओझाले पूर्व–पश्चिम रेलमार्गमा परेका जग्गाका पीडित परिवारलाई सरकारले छिट्टै राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए । सदस्य लीला सुब्बा र लोकप्रसाद सङ्ग्रौलाले प्रदेशको नामकरण हुन नसक्दा हीनताबोध भइरहेको टिप्पणी गरे ।

सदस्य सरिता थापाले सङ्खुवासभाको मादीमा भएको सडक दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई सरकारले राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए । प्रदेशसभाको अर्को बैठक आगामी चैत १० गते दिउँसो १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस