प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाको रुलिङ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाको रुलिङ


२९ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । प्रतिनिधिसभाको आइतबार (आज)को बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका छन् ।

उनले प्रतिनिधिसभामा विचाराधीन ४२ विधेयकलाई नियमानुसार पारित गर्ने, आमनागरिकका दैनिक समस्याहरू जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसदप्रति उत्तरदायी बनाउने, कानुन निर्माण एवं निगरानी गर्ने कार्यहरूसमेत अवरोधका कारण प्रभावित हुन पुगेको भन्दै रुलिङ गरेका हुन् ।

उनले भने, ‘विचाराधीन विधेयकहरूलाई नियमानुसार पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नु हामी सवैको दायित्व हो । संसद अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भएकोमा जनता र राष्ट्रका समस्यामा छलफल गर्न नपाएकोमा माननीय सदस्यहरूले मलाई पटक पटक ध्यानाकर्षण गराउनु भएको छ । संसदलाई प्रभावकारी बनाउन आमरुपमा प्रश्न उठिरहेको छ । तसर्थ अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न म सम्बन्धित माननीय सदस्यहरुलाई विशेष अनुरोध गर्दछु ।’

एमाले सांसदको अवरोधका कारण प्रतिनिधिसभा बैठक प्रभावित भएको भन्दै सभामुख सापकोटाले रुलिङ गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस