जापानको नारितामा काठमाडौँबाट अब साताको दुई उडान हुने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जापानको नारितामा काठमाडौँबाट अब साताको दुई उडान हुने


२९ फाल्गुन २०७८, आइतबार


काठमाडौं । काठमाडौँबाट जापानको नारितामा अब साताको दुई उडान हुने भएको छ ।

नेपाल एयरलाइन्सले आगामी १ अप्रिलबाट नारितामा साताको मङ्गलवार र शुक्रबार उडान गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।

अहिले नारितामा शुक्रबार मात्र उडान भइरहेको छ । पछिल्लो समय निगमले कोभिड(१९ को महामारीपछि गुमेका आफ्ना गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ ।

सोही क्रममा अब जापानमा साताको दुई उडान हुने भएको हो । यसले जापान जाने–आउने नेपाली नागरिकका साथै पर्यटकको आवागमन समेत सहज बनाउने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस