भेरीमा बेपत्ता ३ बालबालिका अझै भेटिएनन्, गोताखोरले खोजी गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भेरीमा बेपत्ता ३ बालबालिका अझै भेटिएनन्, गोताखोरले खोजी गर्ने


२९ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । सुर्खेतको भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिका अझै फेला परेका छैनन्।

सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित रानी बगर घाट भेरी नदीमा नुहाउने क्रममा ३ जना बालबालिका शनिवार बेपत्ता भएका हुन्।

शनिवार साँझ ५ बजेको समयमा उनीहरू बेपत्ता भए पनि हालसम्म फेला नपरेपछि सशस्त्र प्रहरीको गोताखोरले आजबाट खोजी गर्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

स्थानीयका अनुसार बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० बर्सिया गङ्गा खड्का, ८ वर्षीय कृष्णा सिंजाली र १० वर्षीय दिनेश बुढा रहेका छन्।

प्रहरीका अनुसार बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस