प्रतिनिधिसभा बैठक आज : यस्तो छ सम्भावित कार्यसूची ! « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रतिनिधिसभा बैठक आज : यस्तो छ सम्भावित कार्यसूची !


२९ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । संघीय संसद्को प्रतिनिधिसभा बैठक आइतबार दिउँसो एक बजे बस्दै छ । संघीय संसद् सचिवालयले शुक्रबार आजको बैठकको सम्भावित कार्यसूची कार्यसूची सार्वजनिक गरेको थियो ।

सचिवालयका अनुसार बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन पेस गर्ने छन् ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने जनाइएको छ ।

बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूचीलाई अन्तिम रूप दिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस