नेपालले घरेलु मैदानमा खेल्ने एक दिवसीय र टी–२० सिरिजको खेल तालिका « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपालले घरेलु मैदानमा खेल्ने एक दिवसीय र टी–२० सिरिजको खेल तालिका


२९ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिदेशीय टी–२० सिरिज र एक दिवसीयको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले पीएनजी र मलेसियासँगको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिज र पपुवा न्युगिनी पीएनजीसँगको एक दिवसीयको खेल तालिका सार्वजनिक गरेको हो । नेपालले पीएनजीसँग मार्चमा दुई खेलको एक दिवसीय सिरिज खेल्ने छ ।

टीयू क्रिकेट मैदानमा हुने सिरिजको पहिलो खेल मार्च २५ र दोस्रो खेल २६ मा हुनेछ । यस्तै टीयूमै हुने नेपाल, पीएनजी र मलेसियाबिचको त्रिदेशीय टी–२० सिरिज मार्च २८ देखि अप्रिल ४ सम्म हुनेछ ।

टी–२० सिरिज अन्तर्गत नेपालले मार्च २८ मा पीएनजीसँग, मार्च ३० मा मलेसियासँग, मार्च ३१ मा फेरि पीएनजीसँग र अप्रिल २ मा फेरि मलेसियासँग खेल्नेछ । फाइनल खेल अप्रिल ४ मा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस