देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव


२९ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

आइतबार देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेश का पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

देशको पूर्वी हिमाली भू–भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सोमबार देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। मङ्गलवार पनि देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

Tags :
प्रतिक्रिया दिनुहोस