गैँडाकोटमा भएको दुर्घटनामा वडा सदस्यको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गैँडाकोटमा भएको दुर्घटनामा वडा सदस्यको मृत्यु


२८ फाल्गुन २०७८, शनिबार


नवलपुर । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैँडाकोटमा भएको सवारीसाधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

गैँडाकोटको थुम्सीमा बस र कार एकापसमा ठोक्किँदा बसमा सवार एक यात्रु अचानक बेहोस भई निधन भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको ना६ख ९४५९ नंको बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र३–०१–०२२च ५८०७ नंको कारलाई आज बिहान थुम्सीमा ठक्कर दिएको थियो । सो दुर्घटनाका कारण बसमा सवार एक जना यात्रु अचानक बेहोस भएको र उनको उपचारका क्रममा चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)का प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

दुर्घटनामा परी ललितपुर–१० कुपण्डोल निवासी ६० वर्षीय वासुदेव थापाको निधन भएको गिरीले जानकारी दिए । थापा ललितपुर–१० को निर्वाचित वडा सदस्य भएको खुल्न आएको प्रहरी प्रवक्ता गिरीले बताए । दुर्घटनामा अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस