स्थानीय तहको निर्वाचनमा सबै स्थानमा उम्मेदवारी दिइन्छ : नेता खनाल « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

स्थानीय तहको निर्वाचनमा सबै स्थानमा उम्मेदवारी दिइन्छ : नेता खनाल


२८ फाल्गुन २०७८, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीले स्थानीय तहको आसन्न निर्वाचनमा सबै स्थानमा उम्मेदवारी दिने बताएका छन् ।

पार्टीको इलाम–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज आयोजित बृहत् भेलामा नेता तथा कार्यकर्तालाई स्थानीय निकाय निर्वाचन ऐनको अध्ययन गर्न सुझाव दिँदै सर्वहारा र श्रमिक वर्गको प्रतिनिधित्व गर्ने एकीकृत समाजवादीको विजयले मात्र मुलुकमा समाजवादी अर्थव्यवस्था कायम भई मुलुकको प्रगति र समृद्धि हुने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले जनवादी क्रान्ति सफल भए पनि देशमा गरिबी न्यूनीकरण हुन नसकेको तथा शोषण, अन्याय, विभेद, अत्याचारको अन्त्य हुन नसकेकामा चिन्ता व्यक्त गरे । उनले भने, ‘वर्गीय शोषण, अन्तर्राष्ट्रिय पुँजीवादीको शोषण छ, जबसम्म हामी समाजवादमा पुग्न सक्दैनौँ, त्यस बेलासम्म सामाजिक विभेद कायम रहन्छ ।’

नेता खनालले कलाकारले अब समाजवादी कला र साहित्य सिर्जना गर्नुपर्नेमा जोड दिए । पोलिटव्यूरो सदस्य प्रेम खनाल, केन्द्रीय सदस्य प्रमीला बस्नेतलगायतले हरेक जिल्लामा समाजवादीका उम्मेदवारलाई जिताउन आवश्यक प्रचार–प्रसारमा क्रियाशील रहन कार्यकर्तालाई आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस