बोटलर्स नेपालविरुद्ध करिब ४ अर्ब कर छलीको मुद्दा दायर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   
बोटलर्स नेपालविरुद्ध करिब ४ अर्ब कर छलीको मुद्दा दायर

२८ फाल्गुन २०७८, शनिबार

काठमाडौं । राजस्व अनुसन्धान विभागले कोकाकोलाको नेपालका लागि आधिकारिक विक्रेता बोटर्लस नेपाल र उसको पूर्व सेयर होल्डर कोकाकोला साब्को एसिया लिमिटेडविरुद्ध करिब ४ अर्ब रुपैयाँ कर छलीको मुद्दा दायर गरेको छ ।

विभागले शुक्रबार बोटलर्स नेपाल र उसको पूर्व सेयर होल्डर कोकाकोला साब्कोविरुद्ध ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४ सय ११ रुपैयाँ कर छलीकी मुद्दा उच्च अदालत पाटनमा दायर गरेको हो । बिगो र बिगो बराबरको जरिवाना तथा कैद सजाय माग गरिएको छ ।

बोटलर्स नेपाल प्रालीको सञ्चालक समितिमा कोकाकोला साब्को एसिया लिमिटेडतर्फबाट रहेका अध्यक्ष सुक्ला वास्सनसहित अन्य ८ जना निर्देशक र बोटर्लस नेपालविरुद्ध उक्त मागवादी लिइएको हो ।

यस्तै बोटलर्स नेपालको तत्कालीन प्रबन्ध निर्देशक प्रदीप पाण्डे र आर्थिक कारोबार र लेखा परीक्षणको जिम्मेवारीमा रहेका अन्य ७ जनाविरुद्ध पनि सजाय माग गरिएको छ ।

कोकाकोला साब्को एसिया लिमिटेडले युरोपियन रिफ्रेसमेन्टलाई १४ लाख ८४ हजार ३ सय १ कित्ता सेयर विक्री गरेको थियो । सेयर विक्रीबापत ४ अर्ब ९६ करोड ७९ लाख ५५ हजार ४ सय ४७ रुपैयाँ नाफा कमाएकामा करबापत तिर्नुपर्ने रकमको वार्षिक १५ प्रतिशत ब्याज दरले बिगो रकम ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४ सय ११ रुपैयाँ पुगेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस