एमालेनिकट निजामती कर्मचारी सङ्गठनको अधिवेशन भोलिदेखि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमालेनिकट निजामती कर्मचारी सङ्गठनको अधिवेशन भोलिदेखि


२७ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी सङ्गठनको ११ औँ राष्ट्रिय अधिवेशन शनिवार देखी सुरु हुने भएको छ।

अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्। आइतबारसम्म चल्ने अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी छ।

अधिवेशन थापाथली हाइटमा हुनेछ। सङ्गठनका संयोजक केदार देवकोटाले अधिवेशनको तयारी पूरा भएको बताए। उनले ७७ जिल्ला तथा ३६ विभागीय कार्यसमितिका अधिवेशन सकिएको बताए।

अधिवेशनमा ९०१ जना प्रतिनिधि सहभागी हुनेछन्। अधिवेशन तयारीका लागि १४ वटा उपसमिति गठन गरिएका थिए।

उनले मतदान मार्फत नभई सर्वसम्मत रूपमा अध्यक्षसहित कार्यसमिति बनाउने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस