१७ राजनीतिक दललाई आयोगले बोलायो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१७ राजनीतिक दललाई आयोगले बोलायो


२७ फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफलका लागि राजनीतिक दललाई बोलाएको छ। आयोगले छलफलका क्रममा हालसम्मको कार्य प्रगति जानकारी गराउने छ भने आवश्यक राय सुझाव पनि लिने भएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई शुक्रबार बिहान ११:३० बजे छलफलका लागि आमन्त्रण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

“निर्वाचन घोषणा भएको करिब एक महिना पूरा भयो, यस अवधिमा आयोगबाट भएका क्रियाकलाप जानकारी गराउने, आयोगसँग दलका अपेक्षाका विषयवस्तुबारेमा छलफल तथा अन्तरक्रिया गरी राय सुझाव लिने उद्देश्य हो”, उनले भने ।

आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ । आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस