नियुक्ति, पदस्थापन तथा सरुवा-बढुवासहित १७ काम गर्नेलाई कारबाही गर्ने गृहको चेतावनी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नियुक्ति, पदस्थापन तथा सरुवा-बढुवासहित १७ काम गर्नेलाई कारबाही गर्ने गृहको चेतावनी


२६ फाल्गुन २०७८, बिहिबार


काठमाडौँ। राजनीति तथा प्रशासनिक नियुक्ति, पदस्थापन र सरुवा वा बढुवा गराउने व्यक्तिलाई कारबाही गरिने भएको छ ।

पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने भनी गैर कानुनी ठगी गरिरहेको भन्दै गृह मन्त्रालयले विभिन्न १७ वटा काम गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको हो ।

मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधि नगर्न नगराउन अन्य व्यक्ति, समूह, आफन्त, साथीभाइ समेतलाई सचेत गराउन आग्रहसमेत गरेको छ । साथै ठगीका यस्ता गतिविधि भएको सूचना प्राप्त भएमा जिल्ला प्रशासन कार्यालय वा प्रहरी इकाई मा खबर गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

पछिल्लो समय राजनीतिक नियुक्ति दिलाउन तथा कर्मचारीको सरुवाका लागि बिचौलियाहरूको बिगबिगी देखिएपछि गृहले यस्तो कदम उठाएको हो । मोटो रकममा बढाबढका आधारमा हुने मोलमोलाइले पदीय मर्यादा र गरिमा घटाएको मात्रै छैन कि बस्तुजस्तै पदहरू बिकाऊ हुन थालेको भन्दै चौतर्फी आलोचनासमेत हुँदै आएको छ ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस