पूर्वी नवलपरासीमा पलको बयान जारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पूर्वी नवलपरासीमा पलको बयान जारी


२५ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । जबरजस्ती करणीको मुद्दा खेपिरहेका नायक पल शाहलाई पूर्वी नवलपरासी प्रहरी र सरकारी वकिल कार्यालयले बयान लिएको छ । मङ्गलवार उनलाई तनहुँबाट पूर्वी नवलपरासीमा उपस्थित गराइएको थियो ।

उनको बयान र अनुसन्धान भइरहेको छ । शाहविरुद्ध पूर्वी नवलपरासी प्रहरी कार्यालयमा पनि जाहेरी दर्ता भएको थियो । तनहुँमा जाहेरी दिएकी नाबालिगले नै पूर्वी नवलपरासीमा जाहेरी दिएकी हुन् । तनहुँ जिल्ला अदालतले दोस्रो पटक थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

बयान र त्यहाँ दर्ता भएको जाहेरीबारे अनुसन्धान सकेर उनलाई तनहुँ पठाइने छ । फागुन १५ गतेबाट पल प्रहरीको हिरासतमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस