काठमाडौँ–दिल्ली रुटमा अब नेपाल एयरलाइन्सको दैनिक दुई उडान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ–दिल्ली रुटमा अब नेपाल एयरलाइन्सको दैनिक दुई उडान


२५ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले काठमाडौँ–दिल्ली रुटमा अब दैनिक दुई उडान गर्ने भएको छ ।

भारत सरकारले भारतमा सबै प्रकारका व्यवसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले दिल्लीका लागि दैनिक दुई उडान गर्ने बताएको हो ।

नेपाल वायुसेवा निगमका अनुसार १४ मार्च ९३० फागुन०बाट यो रुटमा दैनिक दुई उडान हुनेछ । अहिले यस रुटमा निगमले दैनिक एक उडान गरिरहेको छ ।

अहिले भारतबाट भिस्तारा एयर, इण्डिगो एयर र एयर इण्डियाले नियमित उडान गरिरहेका छन् । नेपालबाट भने निगम एक्लो कम्पनी हो । भारतको बनारसमा भने बुद्ध एयरले पुनः उडान शुरु गर्ने तयारी गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस