भारतले महाकाली नदीमा एकतर्फी तटबन्ध बनाउन थालेपछि तनाव सिर्जना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारतले महाकाली नदीमा एकतर्फी तटबन्ध बनाउन थालेपछि तनाव सिर्जना


२५ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । भारतले नेपालको अनुमति विना महाकाली नदीमा एकतर्फी रूपमा तटबन्ध बनाउन थालेपछि तनाव सिर्जना भएको छ ।

दार्चुलामा नेपाली पक्षलाई जानकारी नै नदिएर भारतीय पक्षले नदीको बहाव परिवर्तन हुने गरी आफूखुसी पक्की तटबन्ध निर्माणको कार्य गरेपछि दुवै पक्षबिच तनाव भएको हो ।

महाकाली नगरपालिका–४ स्थित लास्कु खोला नजिकै भारतीय पक्षले एक्स्काभेटर लगाएर महाकालीको बहाव नेपाल फर्काउन खोज्दा स्थानीयले प्रतिवाद गरेका हुन् ।

मङ्गलवार भारतीय एक्स्काभेटर बिच नदी हुँदै बहावलाई नेपालतर्फ पल्टाउन खोज्दा दुवै देशका स्थानीयबिच ढुङ्गा हानाहान भएको हो । बारीपारिका स्थानीयबिच भएको तनाव प्रशासनिक पहलपछि मत्थर भएको थियो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायले नेपाली प्रशासनसँग समन्वय नै नगरी भारतले एकतर्फी एक्स्काभेटर चलाएर महाकाली नदीको बहाव परिवर्तन गर्न खोज्दा समस्या आएको बताएका छन् ।

गत माघमा दुवै देशका सीमा अधिकारीबिचको ‘भर्चुअल’ बैठकमा उपाध्यायले तटबन्ध निर्माणको विषय पनि उठाएका थिए । जवाफमा भारतीय पक्षले नेपाली भू–भागतिर केही असर नगर्ने गरी तटबन्ध निर्माण गर्ने र त्यसको विस्तृत जानकारी दिने प्रतिबद्धता जनाए पनि त्यसो हुन सकेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस