क्रिकेट खेल हेर्न नगरपालिकाले दियो २ दिन सार्वजनिक बिदा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

क्रिकेट खेल हेर्न नगरपालिकाले दियो २ दिन सार्वजनिक बिदा


२५ फाल्गुन २०७८, बुधबार


काठमाडौँ । रौतहटको ईशनाथ नगरपालिकाले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएको छ । अन्तर पालिका स्तरीय मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम चरणका खेल हेर्न नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो ।

नगर प्रमुख सन्तोष कुमार मेहता र उपप्रमुख हुस्ने आराले खेल व्यवस्थापनमा कर्मचारीहरू समेत सहभागी हुनुपर्ने भन्दै नगरपालिकाभर सार्वजनिक बिदा दिइएको सूचना जारी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस