माओवादी केन्द्रको बागमती प्रदेश भेला « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माओवादी केन्द्रको बागमती प्रदेश भेला


२५ फाल्गुन २०७८, बुधबार


काठमाडौँ . नेकपा माओवादी केन्द्रको बागमती प्रदेश भेला बुधबार हुँदैछ । ललितपुरको गोदावरीमा प्रदेश परिषद्को विस्तारित बैठक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमसहितको भेला हुन लागेको हो ।

भेलाको अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य लक्ष्मण खड्काले जानकारी दिए ।

आगामी वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनको तयारीस्वरुप बागमती प्रदेशको भेला राखिएको हो । भेलाबाट चुनावी योजनाका साथै पार्टीलाई चलायमान बनाउने सन्दर्भमा महत्त्वपूर्ण निर्णय लिइने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस