बिइङ ह्युमनका सञ्चालकसहित चारविरुद्ध राजस्व छली मुद्दा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बिइङ ह्युमनका सञ्चालकसहित चारविरुद्ध राजस्व छली मुद्दा


२४ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । राजस्व अनुसन्धान विभागले मदिराको चोरी पैठारी गरेर राजस्व छलेको आरोपमा बिइङ ह्युमनका सञ्चालकसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

साढे ४ करोड रुपैयाँ बराबरको मदिरा अवैध रूपमा भित्र्याएको र राजस्व छलेको अभियोगमा उनीहरू विरुद्ध आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए ।

बिइङ ह्युमनका सञ्चालक पर्सा जिल्ला सुगौली गाउँपालिका २ घर भई काठमाडौँ बुढानीलकण्ठ बस्ने सन्तोषचन्द्र बख्रेल, पर्साकै ठोरी गाउँपालिका ५ सुवर्णपुर घर भई काठमाडौँ हाँडीगाउँ बस्ने रविन पाख्रिन, सर्लाही बरथहवा नगरपालिका ९ घर भई काठमाडौँ महानगरपालिका ७ सरस्वती नगरपालिका ७ बस्ने नारायणप्रसाद घिमिरे र कागेश्वरी मनहरा ६ का शैलेस पन्त विरुद्ध मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

आरोपितहरू प्रत्येक विरुद्ध ४ करोड ४६ लाख ३७ हजार रुपैयाँ बिगो र सोही बराबरको जरिवानाको माग दाबी गरिएको छ । आरोपितहरूले भन्सार छलेर ल्याएको मदिरा र ढुवानी साधनसमेत जफत गरिएको विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस