ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु


२३ फाल्गुन २०७८, सोमबार


धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।

मोहनापुल–अत्तरिया सडकखण्डअन्तर्गत धनगढी उपमहानगरपालिका–१३ राजपुरमाबा २ ख५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार सोही ठाउँकी १६ वर्षीया स्वस्तिका कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी कुँवरको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक र चालक गोदावरी नगरपालिका–४ का गणेश लामालाई नियन्त्रणमा लिइएको छ । कुँवरको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस