परराष्ट्र नीतिअनुसार नै नेपाल युक्रेनको पक्षमा उभिएको छ : परराष्ट्र मन्त्री खड्का « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

परराष्ट्र नीतिअनुसार नै नेपाल युक्रेनको पक्षमा उभिएको छ : परराष्ट्र मन्त्री खड्का


२३ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । परराष्ट्र मन्त्री नारायण खड्काले रुसले आक्रमण गरेको युक्रेनको पक्ष लिनु कुनै गुटमा लाग्नु नहुने बताएका छन्।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले असंलग्न परराष्ट्र नीतिअनुसार नै युक्रेनको पक्षमा नेपाल उभिएको बताए ।

उनले भने, ‘यो साना मुलुकको सार्वभौमिकता, मानवअधिकार र शान्तिपूर्ण सहअस्तित्वको विषय हो । संयुक्त राष्ट्र सङ्घको बडापत्र अनुसार हामीले गरेको हो। यो कुनै गुटमा लागेको होइन।’

त्यही बडापत्रको आधारमा परराष्ट्रले विज्ञप्ति जारी गरेको र राष्ट्र सङ्घमा मतदान गरेको उनले बताए।

युक्रेनबाट ५३३ नेपाली छिमेकी मुलुकमा पुगिसकेको उनले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस