विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान


२३ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन आह्वान गरिएको छ ।

विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले सोमबार सूचनामार्फत एक अध्यक्ष र तीन सदस्य पदका लागि आवेदन आह्वान गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयअन्तर्गतको उक्त सिफारिस समितिको सूचनामा भनिएको छ, “विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ५ बमोजिम विद्युत् नियमन आयोगको रिक्त अध्यक्ष (एक) र तीन सदस्य (एक जना महिलासहित) पदमा नियुक्तिका लागि सोही दफामा तोकिएबमोजिम आवश्यक न्यूनतम योग्यता र अनुभव पूरा भएका इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र उक्त ऐनको दफा ७ को उपदफा (१)बमोजिम गठित सिफारिस समितिसमक्ष तपसिल बमोजिमका कागजात तथा विवरणसहित यस मन्त्रालयमा आवेदन पेस गर्न यो सूचना प्रकाशन गरिएको छ ।”

इच्छुक आवेदकले विद्युत् नियमन आयोग नियमावली, २०७५ को अनुसूची–१ बमोजिमको आवेदन (आवेदन साथ व्यक्तिगत विवरण, नोटरी पब्लिकबाट प्रमाणित शैक्षिक योग्यताका प्रति र कार्य अनुभवसम्बन्धी कागजात) पेस गर्नुपर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस