नेपाल बारमा गठबन्धनका तीन दलले मोर्चाबन्दी गर्ने , अध्यक्ष काँग्रेसलाई « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

नेपाल बारमा गठबन्धनका तीन दलले मोर्चाबन्दी गर्ने , अध्यक्ष काँग्रेसलाई


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेपाल बार एसोसिएसनको चैत १९ गते हुने अधिवेशनमा सत्तारुढ गठबन्धनमा रहेका तीन दलले मोर्चाबन्दी गर्ने भएका छन् ।

नेपाली काँग्रेस निकट कानुन व्यवसायी अध्यक्ष र नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायी महासचिव रहने गरी तीन दलले मोर्चावन्दीको निर्णय गरेका हुन् ।

नेकपा एकीकृत समाजवादी निकट कानुन व्यवसायीले उपाध्यक्ष पद पाउनेछन् ।

नेपाल बारको २५ सदस्यीय कार्यसमितिमा अध्यक्ष र कोषाध्यक्षसहित १५ जना काँग्रेसले पाउने गरी सहमति भएको काँग्रेस निकट कानुन व्यवसायी एगराज पोखरेलले बताएका छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादी निकट कानुन व्यवसायीले १० सिट भागबन्डा गर्ने सहमति भएको उनको दाबी छ ।

पोखरेलका अनुसार अध्यक्षमा सुनील पोखरेल र गोपालकृष्ण घिमिरेमध्ये एक जना उम्मेदवार बन्ने सम्भावना छ । बारका पूर्व महासचिव पोखरेल अघिल्लो महाधिवेशनमा अध्यक्षमा पराजित भएका थिए ।

अध्यक्ष पदका आकाङ्क्षी घिमिरे नेपाली काँग्रेसको निर्वाचन समितिका संयोजक हुन् । महासचिवमा माओवादी केन्द्र निकट अधिवक्ता दीनमणि पोखरेलले उम्मेदवारी दिने सम्भावना छ । बार एसोसिएसनको देशभर ११ हजार जना भन्दा बढी सदस्य रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस