३.६६ अङ्कले घट्यो नेप्से , १०१ कम्पनीको सेयर मूल्य घट्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

३.६६ अङ्कले घट्यो नेप्से , १०१ कम्पनीको सेयर मूल्य घट्यो


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज आइतबार करिब ३.६६ अङ्कले घटेर २ हजार ५ सय ४३.३९ विन्दुमा ओर्लेको छ ।

अघिल्लो दिनको तुलनामा यो ०.१४ प्रतिशतले कम हो ।

उक्त दिन कारोबारमा आएकामध्ये १ सय १ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ७८ वटा कम्पनीको बढेको छ । बाँकी १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

आइतबार ४५ हजार ६ सय २२ वटा कारोबारमार्फत ५१ लाख ३९ हजार २ सय ३९ कित्ता शेयर किनबेच भए । ती किनबेचबाट २ अर्ब ४९ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । गत बिहीबार शेयर बजारमा ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

परिसूचक घटेसँगै शेयर बजारको आकार कुल बजार पुँजीकरण पनि घटेर ३६ खर्ब ७ अर्ब रुपैयाँ कायम भएको छ ।

गत बिहीबार कुल बजार पुँजीकरण ३६ खर्ब ९७ अर्ब रुपैयाँ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस