पुटिनलाई गिरफ्तार गर्नेलाई १० लाख डलर पुरस्कार घोषणा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पुटिनलाई गिरफ्तार गर्नेलाई १० लाख डलर पुरस्कार घोषणा


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौं । एक रुसी व्यवसायीले पुटिनलाई गिरफ्तार गर्ने अफिसरलाई पुरस्कार स्वरूप १० लाख डलर प्रदान गर्ने घोषणा गरेका छन् । रुसका नागरिक एलेक्स कोनानिहिन पूर्व ब्यांकर पनि हुन् । कम्युनिस्ट शासनको अन्त्यतिर उनले रुसमा एक निजी बैङ्कको स्थापना गरेका थिए ।

अन्तर्राष्ट्रिय कानुन अन्तर्गत आपराधिक युद्ध गराएको मामिलामा पुटिनलाई गिरफ्तार गरी संवैधानिक जिम्मेवारी निभाउने व्यक्तिलाई सो रकम पुरस्कार दिने उनले बताएका छन् । उनले यसबारे आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा पोस्ट गरेका छन् ।

‘पुटिनलाई रुसका वास्तविक राष्ट्रपति नै भन्न मिल्दैन किनकि रुसी अपार्टमेन्ट भवन विस्फोट गरिएको विशेष अपरेसनको नतिजा स्वरूप उनी राष्ट्रपति बनेका थिए । उनले त्यतिबेला नै स्वतन्त्र चुनाव हटाएर र आफ्नो विपक्षीहरूको हत्या गरेर कानुन उल्लङ्घन गरेका थिए । त्यसैले एक जातीय रुसी र रुसकै नागरिक भएको नाताले रुसको हितलाई म आफ्नो नैतिक जिम्मेवारी सम्झन्छु । पुटिनको क्रूरताको बहादुरीपूर्ण सामना गरिरहेको युक्रेनको प्रयासलाई म सकेसम्म सहयोग गरिरहनेछु’ , कोनानिहिनले लेखेका छन् ।

उनको सामाजिक सञ्जाल पोस्टमा पुटिनको तस्बिर पनि राखिएको छ जसको तल ‘वान्टेड : जीवित या मृत, सामूहिक हत्याका लागि वान्टेड भला मिर पुटिन’ भनेर लेखिएको छ । उनले बिजनेस इन्साइडरयसँग कुरा गर्दै थप भनेका छन्, ‘यदि पर्याप्त मानिसहरूले यस्तै किसिमको विरोध प्रयास जारी राख्ने हो भने पुटिन गिरफ्तार हुने र सबैले न्याय पाउने सम्भावना बढ्नेछ ।’

भाइसका अनुसार कोनानिहिनको कूल सम्पत्ति कुनै बेला ३० करोड डलर रहेको थियो । उनी विभिन्न टेलिभिजन सिरिजमा पनि देखिएका छन् । त्यसै गरी उता पुटिनले देशमा ‘मार्सल ल’ ९फौजी शासन० लागू गर्ने हल्ला पनि व्यापक चलिरहेको छ जसकै कारण रुसी नागरिकहरू समेत देश छाडेर भागिरहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस